
सर्लाही – सप्तरीमा विद्यालयभित्रै बालिकामाथि बाल यौन दुरुपयोग गरेको आरोपमा शिक्षक पक्राउ परेका छन्।
पक्राउ पर्नेमा धनुषा सवैला नगरपालिका-१२ घर भई सप्तरी सप्तकोशी नगरपालिका-२ बस्ने ३३ वर्षीय रमेशकुमार राउत रहेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार उनले दुई दिनअघि सप्तकोशी नगरपालिका-२ स्थित गौवर्द्धन बैरागी जनता माविमा १६ वर्षीया नाबालिका ‘कञ्चनपुर २०८१/८२’लाई बाल यौन दुरुपयोग गरेको उजुरी परेपछि सोहि ठाउँबाट पक्राउ गरिएको हो।
राउत सो विद्यालयमा कम्युटर शिक्षक रहेको बुझिएको छ। यौन दुरुपयोग गरेको भनी सम्बन्धित बालिकाले नै प्रहरीलाई जानकारी गराएको र यस सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ।