नेकपा माओवादी केन्द्रको तराई–मधेश यात्रा: अध्यक्ष प्रचण्डसहितका नेता सर्लाही आईपुगे

२०८१ फाल्गुन २२, बिहीबार २०:५०

मलङ्गवा – नेकपा माओवादी केन्द्रद्वारा संचालित तराई–मधेश यात्रा अभियान अन्तर्गत पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहितको टोली आज साँझ सर्लाही आईपुगेको छ।

अध्यक्ष प्रचण्डसहितको टोलि अभियान अन्तर्गत महोत्तरीको कार्यक्रम सकेर सर्लाही आएको हो। टोलिलाई सर्लाहीमा स्थानीय नेता तथा कार्यकर्ताले भब्य स्वागत गरेका छन्।

आज साँझ पर्सा गाउँपालिकाको एक गाउँमा बास बस्ने छन् भने त्यसपछि भोलि (फागुन २३ गते) बिहान जिल्ला सदरमुकामस्थित मलङ्गवा नगरपालिका कवडहलमा आयोजित भव्य समारोहलाई सम्बोधन गर्ने कार्यक्रम रहेको जनाईएको छ।

त्यसपछि टोली कौडेना गाउँपालिका, गोडैता नगरपालिका, विष्णु गाउँपालिका, बलरा नगरपालिका, रामनगर गाउँपालिका हुँदै धनकौलतर्फ अघि बढ्नेछ। त्यहाँबाट बागमती नदी पुल पार गरी सनमपुर हुँदै रौतहट प्रवेश गर्ने कार्यक्रम छ।

नेकपा माओवादी केन्द्रले फागुन १२ गतेदेखि मधेशका हुलाकी राजमार्गकेन्द्रित क्षेत्रमा अभियान चलाइरहेको छ। यस ऐतिहासिक अभियानलाई सफल बनाउन पार्टीका स्थानीय नेता, कार्यकर्ता, समर्थक तथा शुभेच्छुकहरूलाई सहभागिताका लागि पार्टीले विशेष आग्रह गरेको छ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार