अबदेखि भीपीएन अन भएका मोबाइलमा मोबाइल बैंकिङ एप नचल्ने

२०८१ फाल्गुन २२, बिहीबार २१:३०

सर्लाही – हालसम्म भीपीएन (भर्चुअल प्राइभेट नेटवर्क) अन भएका मोबाइलमा मोबाइल बैंकिङ चल्दै आएकोमा अब नचल्ने भएको छ ।

माछापुच्छ्रेलगायत केही बैंकले ग्राहकको सुरक्षालाई मध्यनजर गर्दै यो सेवालाई बन्द गरेका हुन् । नेपाल राष्ट्र बैंकको नीतिअनुसार बैंकहरूले यो सेवा बन्द गरेका हुन् ।

राष्ट्र बैकले बुधबार एक निर्देशन जारी गर्दै ग्राहकको मोबाइल बैंकिङ तथा इन्टरनेट बैंकिङ प्रणाली सञ्चालन वा कारोबार गर्दा भीपीएनको प्रयोग गरे/नगरेको पहिचान गर्न बैंकहरूलाई निर्देशन जारी गरेको थियो ।

बैंकबाट उपलब्ध सेवाहरू प्रयोग गर्ने बखत भीपीएन अन भएको खण्डमा अब भीपीएन अफ गरेपश्चात् मात्र चल्ने छ। डिजिटल माध्यम उपयोगी र सहज हुदाँहुदै पनि डिजिटल कारोबारमा साइबर सुरक्षालाई ध्यान दिइएको बताइएको छ ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार