सर्लाही – महोत्तरीमा श्रीमतीको हत्या आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा औरही नगरपालिका–७, भोइलका ३२ वर्षीय सत्यनारायण यादव रहेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार उनले गए राति बलवा नगरपालिका–५, मनसिस्वा टोलमा आफ्नै श्रीमती २४ वर्षीया सुधीरादेवीको इँटा प्रहार गरि हत्या गरेका हुन्। उनलाई आज (शुक्रबार) बिहान पक्राउ गरिएको हो। यस सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।






