केहि दिन अघि जसपा त्यागेका पूर्वसांसद साह माओवादी केन्द्रमा प्रवेश

२०८१ फाल्गुन २३, शुक्रबार १६:३३

सर्लाही – केहि दिन अघि जनता समाजबादी पार्टी (जसपा) त्यागेका पूर्वसांसद प्रमोद साह नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् । जनतासँग माओवादी, तराई मधेस जागरण अभियान अन्तर्गत सर्लाहीको जिल्ला सदरमुकाम मलंगवामा आयोजित जनसभामा उनी माओवादी केन्द्रमा प्रवेश गरेका हुन् ।

उनलाई पूर्व प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माला लगाएर पार्टीमा स्वागत गरेका थिए। साह पहिले नै आफ्नो पार्टी माओबादि केन्द्रमा आउँन चाहेको कुरा उल्लेख गरे। उनले भने ‘ प्रमोद साह जी पहिले नै हाम्रो पार्टीमा प्रवेश गर्ने तयारीमा हुनु हुन्थ्यो तर केहि समय पुरानै पार्टीमा रहन सल्लाह दिएको बताए।

कार्यक्रममा आफ्नो मन्तब्य राख्दै पूर्वसांसद साहले मधेशको बिकासका लागि, मधेशी जनताको हक हितका लागि लड्ने पार्टी माओवादी रहेको तथा २४० वर्षे एकात्मक सामन्ती राजतन्त्रको अन्त्य गरी संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना गर्ने प्रमुख दल माओवादी केन्द्र भएकाले आफूले यही दल रोजेको बताए ।

साथै, उनले नेकपा एमाले र नेपाली कांग्रेशले मधेशी जनताको अधिकारका लागि कहिले केहि पनि नगरेको बताए। जब प्रचण्ड प्रधानमन्त्री थिए, माओबादि सरकार थियो तब भ्रस्टहरुलाई जेल कोच्न सुरु गरेपछि नेकपा एमाले र नेपाली कांग्रेश मिलेर सरकार ढालेको बताए।

साह २०७४ को आम निर्वाचनमा सर्लाही क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए भने २०७८ देखि प्रमुख सचेतको भूमिका निर्वाह गरेका थिए । उनले गत माघ १७ गते सामाजिक सञ्जाल फेसबुकमा लामो स्टाटस लेख्दै जसपामा आफू साधारण सदस्यसमेत नरहने गरी राजीनामा दिएको बताएका थिए ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार