
सर्लाही – सप्तरीमा हराएको नागरिकतामा आफ्नो फोटो टाँसेर बैंक खाता खोलेर ठगी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेहरुमा जिल्लाको राजविराज नगरपालिका-५ बस्ने २० वर्षीय अरूणकुमार यादव र सोही ठाउँका २८ वर्षीय अभिषेक यादव रहेका छन्।
प्रहरीका अनुसार गत असार महिनामा एक जनाले नागरिकता हराएका थिए। त्यो नागरिकता अरूणकुमारले फेला पारेका थिए । त्यसपछि नागरिकतामा भएको फोटो उप्काएर आफ्नो फोटो टाँसेर बैंक खाता खोलेर ठगि गरेको बताईएको छ। अरूण कुमारले नागरिकतामा भएको फोटो उप्काएर आफ्नो फोटो टाँसेको अभिषेकले अरूणकुमारलाई त्यस कार्यमा सहयोग गरेको खुलेको छ।
नागरिकतामा आफ्नो फोटो टाँसेपछि अरूणकुमार विराटनगर पुगेका थिए। उनले विराटनगरमा रहेको सिटिजन्स बैंक पुगेर पीडितको नाममा खाता खोले, खाता खोलेपछि उनले अन्य विभिन्न व्यक्तिबाट लाखौं रुपैयाँ ठगी गरेको भनी उजुरी आएको र यस सम्बन्धमा थप अनुसन्धान अघि बढाईएको सप्तरी प्रहरी प्रमुख प्रहरी उपरीक्षक ढकेन्द्र खतिवडाले बताए।