सर्लाहीमा बाल यौन दुरुपयोग मुद्दाका फरार प्रतिवादी पक्राउ

२०८१ फाल्गुन २३, शुक्रबार १८:३५

लालबन्दी – सर्लाहीमा बाल यौन दुरुपयोग मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन्।

पक्राउ पर्नेमा लालबन्दी नगरपालिका – १७ का ४१ बर्षिय गोपाल सिग्देल रहेका छन्। प्रहरीले उनलाई बुधबार सोहि नगरपालिकाको वडा नम्बर ५ बाट पक्राउ गरेको हो।

इलाका प्रहरी कार्यालय लालबन्दीका अनुसार उनले २०८० साल असार १३ गते लालबन्दी नगरपालिका – १७ मा एक नाबालिकलाई यौन दुरुपयोग गरी फरार रहेका थिए। पक्राउ परेका उनलाई आवश्यक कारवाहीका लागि जिल्ला अदालत सर्लाहीमा पेश गरिएको छ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार