सप्तरीमा अबदेखि ड्युटीमा खटिएका बेला प्रहरीले मोबाइल चलाउन नपाउने

२०८१ फाल्गुन २३, शुक्रबार २१:३०

सर्लाही – सप्तरीमा अबदेखि ड्युटीमा खटिएका बेला प्रहरीले मोबाइल चलाउन नपाउने भएका छन्। जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार ड्युटीमा खटिएका बखत कमान्डरबाहेक अन्य प्रहरीले मोबाइल चलाउन नपाइने प्रावधान लागू गरेको हो।

ड्युटीमा खटिएका बेला प्रहरीले मोबाइल चलाउदा सुरक्षा निगरानी प्रभावकारी हुन नसकेको, मोबाइलतर्फ ध्यान हुँदा प्रहरी आफै पनि असुरक्षित हुन सक्ने भएकाले मोबाइल प्रयोगमा रोक लगाएको हो।

ड्युटीमा खटिएका बेला कमान्डरले पनि अत्यावश्यक परेको खण्डमा मात्र ड्युटीकै कामका लागि भने मोबाइल प्रयोग गर्न पाउने बताईएको छ। यो प्रावधानलाई जिल्ला प्रहरी कार्यालय सप्तरीले कडाइका साथ कार्यान्वयन गरेको छ । दिउँसो, राति जिल्ला प्रहरीले छुट्टै टोली पठाएर पनि खटिएका प्रहरीसँग मोबाइल छ/छैन भनेर चेकसमेत गर्ने गरिएको छ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार