सरकारले तोक्यो चैते धानको समर्थन मूल्य

२०८१ फाल्गुन २४, शनिबार ०७:१६

सर्लाही – सरकारले चैते धानको न्यूूनतम समर्थन मूल्य तोकेको छ । मन्त्रीपरिषद्को हालै बसेको बैठकले १८ प्रतिशत चिस्यान भएको चैते धानको समर्थन मूल्य प्रतिक्विन्टल दुई हजार ८ सय रुपियाँ ६९ पैसा तोकेको हो ।

१८ प्रतिशत भन्दा बढी चिस्यान भएको चैते धानको हकमा १ प्रतिशत चिस्यानका लागि प्रतिक्विन्टल एक हजार दुई सय ग्रामका दरले हुन आउने तौल घटाई कायम हुुन आउने तौलका आधारमा न्यूूनतम समर्थन मूूल्य कायम गर्ने निर्णय गरिएको छ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार आव २०८१/८२ मा एक लाख नौ हजार ३०९ हेक्टर क्षेत्रफलमा पाँच लाख ४४ हजार ३९३ मेट्रिक टन चैते धान उत्पादन भएको छ ।

गत आर्थिक वर्ष २०८०/८१ का लागि १८ प्रतिशतसम्म चिस्यान भएको चैते धानको समर्थनमूल्य प्रतिक्विन्टल दुई हजार ७०७ रुपियाँ २८ पैसा तोकेको थियो । गत आवको तुुलनामा चालु आवमा प्रतिक्विन्टलमा ९३ रुपियाँ बढी मूूल्य निर्धारण गरेको हो ।

यस्तै आव २०८०/८१ एक लाख चार हजार ७१२ हेक्टर क्षेत्रफलमा पाँच लाख २० हजार ८०८, आव २०७९/८० मा एक लाख आठ हजार ६०७ हेक्टर क्षेत्रफलमा पाँच लाख ४० हजार ३३१ मेट्रिक टन उत्पादन भएको थियो । चैते धानको उत्पादकत्व प्रतिहेक्टर ४.९८ प्रतिशत रहेकामा बर्खे धानको उत्पादकत्व प्रतिहेक्टर ४.१९ प्रतिशत छ ।

कुल गार्हस्थ उत्पादन (जिडिपी) मा २४.१ प्रतिशत योगदान कृषि क्षेत्रको छ । जिडिपीमा धानको १५ प्रतिशत योगदान छ । मुुलुकभर २६ लाख हेक्टर क्षेत्रफल कृषियोग्य भूूमि रहेको छ, जसमा १४ लाख २० हजार ६३६ हेक्टर क्षेत्रफलमा धान खेती गरिँदै आएको छ ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार