रौतहटमा ‘घुमुवा प्रहरी हुँ’ भन्दै किसानसँग पैसा मागिरहेका एक जना पक्राउ

२०८१ फाल्गुन २४, शनिबार ११:३२

सर्लाही – रौतहटमा ‘घुमुवा प्रहरी हुँ’ भन्दै किसानसँग पैसा मागिरहेका एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा जिल्लाको गरुडा नगरपालिका ८ बिर्ता गाउँका ४४ वर्षीय सदरे आलम रहेका छन्।

जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार उनलाई शुक्रवार दिउँसो जिल्लाको गौर चन्द्रिगाहपुर सडकखण्ड अन्तर्गत बिर्ता चौकमा आफू जिल्लाको घुमुवा प्रहरी बताएर किसानले ल्याउँदै गरेको मलखाद रोकेर पैसा मागिरहेको अवस्थामा पक्राउ गरिएको हो।

प्रहरीलाई उक्त स्थानमा बसेर पैसा मागी रहेको सूचना स्थानीयले दिएको बताईएको छ। पक्राउ परेका आलमलाई अहिले इलाका प्रहरी कार्यालय गरुडाको हिरासतमा राखेर यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी प्रवक्ता डिएसपी दीपक कुमार रायले जानकारी दिए।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार