स्व. गजेन्द्र नारायण सिंह स्मृति पत्रकारिता पुरस्कार मनोज यादवलाई

२०८१ फाल्गुन २४, शनिबार २०:४०

मलङ्गवा – स्व. गजेन्द्र नारायण सिंह स्मृति सर्लाही पत्रकारिता पुरस्कार पत्रकार मनोज यादवलाई प्रदान गरिएको छ ।

जिल्ला सदरमुकाम मलंगवास्थित एक होटेलमा सम्पन्न नेपाल पत्रकार महासंघ सर्लाहीद्वारा प्रकाशित ‘पत्रकारिता र सर्लाही सेरोफेरो’ नामक स्मारिका बिमोचन तथा नव निर्वाचित नेतृत्वको पदस्थानापना समारोहमा सम्मान–पत्रसहित १५ हजार रुपैयाँ नगद राशीको पुरस्कार प्रदान गरिएको हो ।

पुरस्कार प्रदानपछि पत्रकार यादव निकै नै भावुक देखिएका थिए। आफूले पत्रकारिता क्षेत्रमा निरन्तर रुपमा २५/२६ वर्षदेखि कलम चलाउदै आएको र यो पुरस्कार र सम्मान पाउदा आफू धेरै खुशी भएको बताएका थिए। ‘निरन्तर रुपमा कर्ममा खटिएपछि फल एक न एकदिन पाईने रैछ’ उनले भने।

सर्लाहीलाई मुख्य केन्द्रबिन्दु बनाएर पत्रकारिता गरिरहेका पत्रकार यादव राष्ट्रिय लोकतन्त्र दैनिक पत्रिकाकाे सम्पादक रहेका छन्। साथै स्पेस फोर्के टेलिभिजनको सर्लाही सम्बादाताको रुपमा पनि काम गरिरहेका छन्। उनि सर्लाहीमा गरिव, दु:खि गरिवहरुको आवाज बुलन्द पार्ने पत्रकारको रुपमा परिचित छन्।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार