मधेश: योजना खरिदबिक्रीमा हाम्रो संलग्नता छैन – नेपाली कांग्रेस

२०८१ फाल्गुन २५, आईतवार १९:२५

सर्लाही – नेपाली कांग्रेस मधेशले योजना खरिदबिक्रीमा आफ्नो पार्टी कुनै पनि रूपमा संलग्न नरहेको दाबी गरेको छ। नेपाली कांग्रेस मधेश प्रदेश संसदीय दलका नेता कृष्ण यादवले आज विज्ञप्ति जारी गर्दै योजना खरिदबिक्रीजस्तो भ्रष्ट प्रवृत्तिमा नेपाली कांग्रेस संलग्न नरहेको बताएका हुन्।

बिज्ञप्तिमा भनिएको छ – ‘विभिन्न सञ्चारमाध्यमहरूमा आइरहेका समाचारमा के–कति सत्यता छ भन्ने विषयमा एक जिम्मेवार दलको हैसियतले मेरो ध्यान केन्द्रित भएको छ,’ उनले विज्ञप्तिमा भनेका छन्, ‘ती समाचारहरूले गरेको संकेत सही हो भने यस्ता गतिविधिहरूमा नेपाली कांग्रेस कुनै पनि रूपमा संलग्न नरहेको स्पष्ट पार्न चाहन्छु ।’

सम्बन्धित पक्षसँग छलफल गरी उचित निर्णय लिइने उनले बताएका छन् । प्रदेश सरकारअन्तर्गत खासगरी विकासे मन्त्रालयहरूको योजना खरिदबिक्री भइरहेको भन्दै आएका समाचारहरूमा गम्भीर ध्यानाकर्षण भएको उनले उल्लेख गरेका छन्। साथै, सरकारी बजेटको दुरुपयोग भइरहेको भए गम्भीर भएर सुधारको कदम चाल्न प्रदेश सरकारलाई उनले सचेत गराएका छन्।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार