साँढे ६ किलो चरेससहित तीन जना पक्राउ

२०८१ फाल्गुन २५, आईतवार २१:३४
साङ्केतिक तस्बिर

सर्लाही – पर्साको बिरगंजमा लागू औषध चरेससहित तीन जना पक्राउ परेका छन्।

पक्राउ पर्नेहरुमा पर्साको विन्दबासिनी गाउँपालिका-३ का ३५ वर्षीय सरोज साह,वीरगन्ज महानगरपालिका-११ का २३ वर्षीय रवि चौधरी र बाराको कलैया उपमहानगरपालिका-२ भवानीपुरका २३ वर्षीय लडु राम रहेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार उनीहरुलाई शनिबार साँझ वीरगन्ज महानगरपालिका-१५ ब्रम्हचोकबाट पक्राउ गरिएको हो।

ब्रम्हचोकको एक घरमा डेरा लिई बसेका उनीहरूको कोठामा खान तलासी गर्दा प्लास्टिकमा बेरेर राखिएको १५ प्याकेटमा राखिएको ६ किलो ५९० ग्राम चरेस बरामद गरिएको छ। यस सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार