भारतमा तेस्रो सन्तान जन्माउने महिलालाई ५० हजार दिने प्रस्ताव

२०८१ फाल्गुन २५, आईतवार २१:५४

एजेन्सी, भारत – भारतमा तेस्रो सन्तान जन्माउने महिलालाई ५० हजार दिने प्रस्ताव गरिएको छ।

भारतको आन्ध्र प्रदेशका मुख्यमन्त्री चन्द्रबाबु नायडूले दक्षिण भारतका जनतालाई बढी सन्तान जन्माउन प्रोत्साहित गरेपछि एक सांसदले उक्त प्रस्ताव राखेका हुन्। मुख्यमन्त्रीको प्रोत्साहनपछि विजयनगरम लोकसभा सदस्य कालीसेट्टी अप्पाला नायडूले तेस्रो बच्चा जन्माउने महिलालाई ५० हजार भारु दिने प्रस्ताव राखेका छन् ।

उनले महिलाले छोरा जन्माए गाई पनि उपहार दिनुपर्ने पनि बताएका छन् । लोकसभा सांसदको यो भनाइ अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । कालिसेट्टीले आफ्नो तलबबाट नगद प्रोत्साहन दिने बताएका हुन् ।

टीडीपी नेताहरूका अनुसार महिलाले यो प्रस्तावलाई क्रान्तिकारी भनेका छन्। यससँगै मुख्यमन्त्री चन्द्रबाबु नायडूले पनि यो प्रस्ताव घोषणा गरेकोमा सांसदको प्रशंसा गरेका छन् । अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा प्रकाशम जिल्लाको मरकापुरमा आयोजित कार्यक्रममा उनले यस्तो घोषणा गरेका थिए।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार