नयाँ दिल्ली – भारतमा पानी ट्याङ्की सफा गर्ने क्रममा निसास्सिएर चार मजदुरको मृत्यु भएको छ। भारतको मुम्बईस्थित नागपाडा क्षेत्रमा आइतबार दिउँसो १२:३० बजेतिर गुड लक मोटर ट्रेनिङ स्कूल नजिकै निसास्सिएर चार मजदुरको मृत्यु भएको हो।
बीबीसीका अनुसार निर्माणाधीन भवनमा पानी ट्याङ्की सफा गर्ने क्रममा कामदारहरूको मृत्यु भएको हो। मृत्यु हुनेमा १९ वर्षीय हसिपाल शेख, २० वर्षीय राजा शेख, ३६ वर्षीय जियाउल्लाह शेख र ३१ वर्षीय फुरहान शेख रहेका छन्।

निसास्सिएर घाइते भएका ५ जनामध्ये ४ जनालाई अस्पतालमा मृत अवस्थामा ल्याइएको थियो भने एक जना मजदुरको उपचार भइरहेको जनाइएको छ।





