जाजरकोटको कुशेमा आगलागीमा परेर बालकको मृत्यु

२०८१ फाल्गुन २६, सोमबार ०८:५१
सांकेतिक तस्बिर

सर्लाही – जाजरकोटको कुशेमा आगलागीमा परेर बालकको मृत्यु भएको छ। गएराती १२ बजेतिर कुशे गाउँपालिका–८, ग्राक्लीस्थित जनक रोकायको घरमा आगलागी हुँदा उनका १२ वर्षीय छोरा अम्मर रोकायको मृत्यु भएको हो ।

खाना बनाउन बालिएको आगो एक्कासी फैलिएपछि सोही कोठामा सुतिरहेका बालकको आगोमा परेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ। आगलागीबाट घर पूर्ण रूपमा जलेको छ भने लाखौँ रुपैयाँको क्षति भएको छ ।

आगो स्थानीय र प्रहरीको सहयोगमा आज बिहानसम्म पूर्ण रुपमा नियन्त्रणमा लिइएको तथा यस सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी नायब उपरीक्षक पुरुषोत्तमप्रसाद पाण्डेले जानकारी दिए ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार