
सर्लाही – बारामा अवैधरूपमा लगाइएको अफिम खेती प्रहरीद्वारा नष्ट गरिएको छ। जिल्लाको आदर्शकोतवाल गाउँपालिका-५ स्थित टेडाकट्टीमा करिब ३ कट्ठामा लगाइएको अफिम खेती फडानी गरेर नष्ट गरिएको हो।
स्थानीयले लुकाइ छिपाइ अफिम खेती गरेको सूचनाका आधारमा खटिएको प्रहरीको टोलीले एकै दिन आज ८ स्थानमा लगाईएको अफिम खेति नष्ट गरिएको छ। जिल्ला प्रहरी कार्यालय बाराका अनुसार अवैधरूपमा तीन कट्ठामा लगाइएको करिब ३० हजार अफिमको बोट फडानी गरेर नष्ट गरिएको हो ।