लोकतन्त्रको नाममा राज्यको ढुकुटीमा दलहरूले बदमासी गरिरहेका छन् – प्रभु साह

२०८१ फाल्गुन २६, सोमबार १९:३२
आजपाका अध्यक्ष प्रभु साह

सर्लाही – आम जनता पार्टी (आजपा) का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले लोकतन्त्रको नाममा राज्यको ढुकुटीमा दलहरूले बदमासी गरिरहेको बताएका छन्।

काठमाडौंमा आयोजित आजपानिकट आम महिला मोर्चा बागमती प्रदेशको भेलालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। सरकारले नेपालीको टाउकोमा विदेशी ऋणको भार बोकाइरहेकाले सतर्क बन्नुपर्ने उनको आग्रह छ ।

उनले भने ‘गणतन्त्र, लोकतन्त्रको नाममा नेताहरूले लुट मचाएका छन् । राज्यको ढुकुटी सिध्याउन लागिसके । सरकारले हरेक नेपालीको टाउँकोमा विदेशी ऋणको भार बोकाउने काम गरिरहेको छ । यसकारण कतिपयले गणतन्त्रको पनि विरोध गरेका हुन्।’

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार