काठमाडौं – नेपाल हङकङसँग २ रनले पराजित भएको छ। युगान्डामा जारी चार देशीय शृङ्खलाअन्तर्गत हङकङसँको खेलमा नेपाल २ रनले पराजित भएको हो।
हङकङले दिएको १०१ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित ओभरमा ९८ रनमात्र बनाउन सक्यो। त्यसअघि टस हारेर ब्याटिङ गरेको हङकङले निर्धारित ओभरको खेलमा ७ विकेट गुमाएर १०० रन बनाएको थियो।






