कास्की केन्द्रबिन्दु भएर ४.३ रेक्टर स्केलको भूकम्प

२०८१ फाल्गुन २७, मंगलवार ०७:४१
सांकेतिक तस्बिर

सर्लाही – कास्की केन्द्रबिन्दु भएर ४.३ रेक्टर स्केलको भूकम्प गएको छ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार मङ्गलवार बिहान ४ बजेर ११ मिनेटमा कास्कीको मादी गाउँपालिकाको सैमराङ आसपास केन्द्रबिन्दु भएर ४.३ रेक्टर स्केलको भूकम्प गएको हो।

भूकम्पको धक्का कास्की र आसपासका जिल्लामा गरिएको थियो भने भूकम्पबाट कुनै क्षतिको बिबरण नआएको केन्द्रले जनाएको छ। यसघि गत शनिबार एकैदिन बाग्लुङ र म्याग्दी केन्द्रबिन्दु भएर दुई वटा भूकम्प गएको थियो।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार