वीर अस्पतालको निर्देशकमा प्रधानमन्त्री ओलीका निजी चिकित्सक डा. दिलिप शर्मा नियुक्त

२०८१ फाल्गुन २७, मंगलवार ११:५६

सर्लाही – चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पतालको निर्देशकमा डा. दिलिप शर्मा नियुक्त भएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको निजी चिकित्सक समेत रहेका शर्मा निर्देशकमा नियुक्त भएका हुन् । उनी नेकपा एमालेनिकट हुन् ।

न्याम्स ऐन अनुसार उपकुलपति डा. भुपेन्द्र बस्नेतले आइतबार सहकुलपति समेत रहेका स्वास्थ्यमन्त्री प्रदीप पौडेललाई डा. दिलीप शर्मा, डा. समाज गौतम र डा.अनुपमा कार्कीको नाम सिफारिस गरेका थिए ।

गौतम र कार्कीलाई पछि पार्दै शर्मा निर्देशक बनेका हुन्। वीरको निर्देशक डा. सन्तोष पौडेलको दुईवर्षे कार्यकाल गत ४ फागुनमा सकिएपछि डा. समाज गौतमले निमित्त निर्देशकको जिम्मेवारी सम्हालिरहेका छन् ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार