सर्लाही – मधेश सरकारको गृह सञ्चार तथा कानुन मन्त्री राजकुमार लेखीको सुरक्षामा खटिरहेका प्रहरी सहायक निरीक्षक (असई) वीरेन्द्रकुमार यादवको उपचार क्रममा मृत्यु भएको छ ।
मधेश प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) शान्ति राज कोइरालाका अनुसार आइतबार राति ११ बजेको समयमा अचानक पेट र छाती दुखेका यादवको उपचारको क्रममा नोबेल अस्पताल विराटनगरमा राति १२ बजे मृत्यु भएको हो।






