मालपोतका कर्मचारी र लेखनदास ३५ हजार घुससहित रंगेहात पक्राउ

२०८१ फाल्गुन २७, मंगलवार १७:५९
साङ्केतिक तस्बिर

महोत्तरी – अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले मालपोत कार्यालय महोत्तरीका कर्मचारी र लेखनदास ३५ हजार घुससहित रंगेहात पक्राउ गरेको छ।

पक्राउ पर्नेमा कार्यालयका खरिदार मुन्नुकुमार दास र लेखापढी व्यवसायी जिवछ महतो रहेका छन्। उनीहरुलाई आज दिउँसो कार्यालयमै घुस लिँदै गरेको अवस्थामा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, बर्दिबासको टोलीले नियन्त्रणमा लिएको हो।

आयोगका अनुसार सेवाग्राहीको पुरानो पुख्र्यौली जग्गाको ट्रायल चेक तथा नक्सा सुधार गरी नयाँ जग्गा कायम गरिसक्दा पनि उनीहरूले घुस मागेका थिए ।

यदि रकम नदिए जग्गाको नयाँ पुर्जा नबनाइदिने धम्की दिएपछि सेवाग्राहीले अख्तियारलाई जानकारी गराएका थिए । सेवाग्राहीबाट ३५ हजार रुपैयाँ लिइसकेपछि आयोगको टोलीले तत्काल दास र महतोलाई पक्राउ गरेको हो ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार