गाउँपालिका अध्यक्ष यादवद्वारा सामुदायिक भवन र बिवाह मण्डपको शिलान्यास

२०८१ फाल्गुन २७, मंगलवार १८:१३

रामनगर – सर्लाहीको रामनगर गाउँपालिकाका अध्यक्ष राजाबाबु यादवले सामुदायिक भवन र बिवाह मण्डपको शिलान्यास गरेका छन्। रामनगर गाउँपालिका २ धुर्वामा आज एक समारोहका बिँच सामुदायिक भवन र बिवाह मण्डपको शिलान्यास गरेका हुन्।

गाउँपालिकाका अनुसार सामुदायिक भवनका लागी तराई मधेश समृद्धि कार्यक्रमबाट २५ लाख र राम जानकी मठ प्राङ्गणमा बिवाह मण्डप निर्माणका का लागि गाउँपालिकाबाट १५ लाख बजेट बिनियोजन गरिएको छ।

भवन र विवाह मण्ड्प निर्माणपछि पालिकाका गरिव, विपन्न परिवारहरुले विवाह कार्यक्रमहरु गर्ने छन् भने समुदायीक भवनमा बिवाह महोत्सव तथा आपत बिपत्तिमा बास बस्न सहयोग मिल्ने बताईएको छ।

शिलान्यास कार्यक्रममा गाउँपालिकाका अध्यक्ष राजबाबु यादव, पालिकाका उपाध्यक्ष लगायत सम्पूर्ण कर्मचारीहरुलगायत स्थानीयहरुको सहभागिता रहेको थियो।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार