भोलि सर्लाहीको बलरामा आउँदै मुख्यमन्त्री सतिश सिंह

२०८१ फाल्गुन २८, बुधबार १०:५३

सर्लाही – मधेस प्रदेशका मुख्यमन्त्री सतिश सिंह भोलि (बिहिबार) सर्लाही आउँने भएका छन्।

जिल्लाको बलरा नगरपालिका – ९, नरहरगंजमा जनमत पार्टीले आयोजना गरेको बृहत पार्टी प्रवेश तथा होलि मिलन कार्यक्रममा सहभागी हुन् सर्लाही आउँन लागेका हुन्।

जनमत पार्टी सर्लाहीका इन्चार्ज श्रीचन यादवका अनुसार सयौंको संख्यामा अन्य पार्टी परित्याग गरि जनमतमा प्रवेश गर्ने कार्यक्रम र रंगहरुको पर्व होलि नजिकदै गरेको अवस्थामा बिगतका बर्षहरु जस्तै यस बर्ष पनि जनताहरुसंग होलीको शुभकामना आदान-प्रदान गरिने छ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार