बारामा १३ किलोग्राम लागूऔषध गाँजासहित महिला पक्राउ

२०८१ फाल्गुन २८, बुधबार १८:४७

सर्लाही – बारामा १३ किलोग्राम लागूऔषध गाँजासहित एक जना महिला पक्राउ परेकी छन्।

पक्राउ पर्नेमा मकवानपुर राक्सिराङ गाउँपालिका-१ बस्ने ५० वर्षीया सुशीला गोले रहेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार उनलाई बुधबार बिहान जीतपुरसिमरा उपमहानगरपालिका-३ बजनीबाट पक्राउ गरिएको हो।

हेडौंडाबाट वीरगञ्जतर्फ जाँदै गरेको ना ८ ख ६०६१ नम्बरको माइक्रोलाई जाँच गर्ने क्रममा माइक्रोमा सवार उनको साथमा १३ किलोग्राम गाँजा भेटिएको थियो। यस सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार