सर्लाही – जिल्ला प्रशासन कार्यालय सर्लाहीले फागुपूर्णिमा (होली) मर्यादित र सभ्य तरिकाले मनाउन अपिल गरेको छ। बुधबार एक सूचना जारी गर्दै होलि पर्व मर्यादित ढंगले हर्षोउल्लासका साथ मनाउन अपिल गरिएको हो।
कसैको इच्छा विपरीत रंग लगाउने, लोला हान्ने, पानी तथा हिलो छ्याप्ने, नमेटिने रंग लगाउने, मादक पदार्थ तथा नशालु पदार्थ जवरजस्ती खुुवाउने एवं मादक पदार्थ सेवन गरी सवारी चलाउने, जिस्काउने, सार्वजनिक स्थानहरुमा हो–हल्ला गर्ने, चर्को आवाजमा डिजे बाजा बजाउने आदि अवाञ्छिद क्रियाकलाप नगर्न आह्वान गरिएको छ।

यदि यस्ता क्रियाकलाप गरे/गराएको पाइएमा प्रचलित कानून बमोजिम कारवाही हुनेसमेत सूचना भनिएको छ। यस्तै जिल्ला प्रहरी कार्यालयले पनि पर्वलाई मर्यादित र सभ्य तरिकाले मनाउन अपिल गरेको छ। पर्वलाई मध्यनजर गर्दै जिल्लामा सुरक्षा प्रवन्ध मिलाइ सकिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।





