सर्लाहीमा मोटरसाईकल चोरी आरोपमा दुई जना पक्राउ

२०८१ फाल्गुन २९, बिहीबार २२:०९

मलङ्गवा – सर्लाहीमा मोटरसाईकल चोरी आरोपमा दुई जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा जिल्लाको हरिपुर्वा नगरपालिका – ८, का १८ बर्षिय रोहित राय र सोहि नगरपालिका वडा नम्बर ९ का २० बर्षिय मुकदर अन्सारी रहेका छन्।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार उनीहरुले आज बिहान ४ बजे सोहि नगरपालिका वडा नम्बर ७ का राजेन्द्र कुमार साहको घर अघि पार्किङ्ग गरि राखेको ज ७५ ८२५ नम्बरको मोटरसाईकल चोरी गरेका थिए।

उक्त चोरी भएको मोटरसाईकलसहित उनीहरुलाई नियन्त्रणमा लिइएको हो। पक्राउ परेकाहरुमाथि जिल्ला अदालत सर्लाहीबाट ७ दिनको म्याद थप गरि अनुसन्धान अघि बढाईएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक (डिएसपी) सरोज राईले जानकारी दिए।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार