सर्लाहीमा एम्बुलेन्सको ठक्करबाट एक पैदल यात्रीको मृत्यु, एक भारतीयसहित दुई जना घाईते

२०८१ चैत्र १, शुक्रबार १२:४२
सांकेतिक तस्बिर

सर्लाही – सर्लाहीमा एम्बुलेन्सको ठक्करबाट एक पैदल यात्रीको मृत्यु भएको छ भने अन्य दुई जना पैदल यात्री घाइते भएका छन्।

मृत्यु हुनेमा जिल्लाको मलंगवा नगरपालिका – ३, बस्ने ५५ बर्षिय जयप्रकाश जयसवाल रहेका छन्। घाईतेहरुमा सोहि ठाउँ निवासी ५२ बर्षिय जितु राय र भारत सितामढी बस्ने २० बर्षिय राकेश गुप्ता रहेका छन्।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार गएराती मलंगवा नगरपालिका – ४, स्थित नवलपुर मलंगवा सडक खण्डमा गम्हरियाबाट मलंगवातर्फ जाँदै गरेको नम्बर नखुलेको एम्बुलेन्सले पैदल हिडी रहेका उनीहरुलाई ठक्कर दिएको थियो।

एम्बुलेन्सको ठक्करपछि घाइते भएका उनीहरुलाई उपचारका लागि जिल्ला सदरमुकाम मलंगवास्थित प्रादेशिक अस्पतालमा पुर्याउदा जयप्रकाशलाई चिकित्सकले मृत घोषणा गरेका हुन्।

घाईते मध्ये जितुलाई थप उपचारका लागि जनकपुरमा लगिएको छ भने अर्का घाईते राकेशको प्रादेशिक अस्पताल मलंगवामा उपचार भईरहेको र उनीहरु दुवै जनाको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ।

घटनापछि ठक्कर दिने एम्बुलेन्स र एम्बुलेन्सका चालक फरार रहेको बताईएको छ। एम्बुलेन्स नम्बर थाहाँ भईसके पनि हालसम्म एम्बुलेन्स नियन्त्रणमा लिन नसकेको र एम्बुलेन्सका चालकको खोजि कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक सरोज राईले जानकारी दिए।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार