
सर्लाही – महोत्तरीमा बालिकामाथि यौन दुर्व्यवहारको आरोपमा सशस्त्रका सई पक्राउ परेका छन्। पक्राउ पर्नेमा लोहारपट्टी नगरपालिका-४ खुट्टापिपराढीस्थित रेल्वे ट्रयाक सुरक्षा पोस्टमा कार्यरत सशस्त्र प्रहरीका नायब निरीक्षक (सई) धर्मेन्द्र महतो रहेका छन्।
प्रहरीका अनुसार स्थानीय १० वर्षीया बालिकामाथि शुक्रबार यौन दुर्व्यवहार गरेको आरोप लागेपछि महतोलाई सशस्त्रको महोत्तरीस्थित ९ नम्बर गणका एसपीले पक्राउ गरी गणमा ल्याएको जनाईएको छ।
यौन दुर्व्यवहारपछि स्थानीयले आन्दोलन गरेका थिए । स्थानीयको आन्दोलनपछि उनलाई पक्राउ गरिएको हो। पीडितले यौन दुर्व्यवहारबारे जाहेरी दिएपछि आवश्यक कारबाही अघि बढ्ने जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ।