होलीका दिन मधेशमा ३१७ सवारीसाधन कारबाहीमा, सबैभन्दा बढी सर्लाहीमा

२०८१ चैत्र १, शुक्रबार २१:०७
सांकेतिक तस्बिर

सर्लाही – मधेश प्रदेशमा होली पर्वको मौका छोपी ट्राफिक नियम उल्लंघन गर्ने ३१७ सवारीसाधन कारबाहीमा परेका छन्। यसरि ट्राफिक नियम उल्लंघन गरि कारवाहीमा पर्नेमा सबैभन्दा बढी सर्लाहीमा र सबैभन्दा कम पर्सा रहेको प्रहरीले जनाएको छ।

मधेश प्रहरीका प्रवक्ता एसएसपी शान्तिराज कोइरालाका अनुसार सर्लाही जिल्लामा १०२, सिरहामा ८० दुईचक्के र २ चारचक्के गरी ८२ सवारीसाधन, बारामा ६२, महोत्तरीमा ५१, सप्तरीमा ७, धनुषामा २, रौतहटमा ६ र पर्सामा ४ सवारीसाधन कारबाहीमा परेका छन्।

यसरी कारवाही पर्नेमा होली पर्व मनाउने क्रममा ट्राफिक नियम उल्लंघन गर्ने, मापसे गर्ने, झैँझगडा तथा हो–हल्ला गरी शान्ति सुरक्षा खल्बलाउन खोज्ने मानिस तथा सवारीसाधन रहेका छन्। नियन्त्रणमा लिइएकाहरूमाथि गल्तीअनुसार कारबाही प्रक्रिया अगाडि बढाइएको छ।

यसैगरी आज मधेशका आठ जिल्लामा ३५ वटा सवारी दुर्घटनामा भएका छन् भने उक्त दुर्घटनामा परि ९९ जना घाइते भएका छन्। सबैभन्दा बढी महोत्तरी र सर्लाहीमा ९–९ सवारी दुर्घटना भएका छन्।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार