
गोडैता – सर्लाहीमा एक जना युवक मृत फेला परेका छन्।
नयाँ रोडबाट मधुमानी आउँने सडकस्थित जिल्लाको बसबरिया गाउँपालिका – ३, मा एक जना युवक मृत फेला परेका हुन्। स्थानीयले उक्त स्थानमा ति युवकलाई मृत देखेपछि प्रहरीलाई खबर गरेका थिए।
प्रहरीका अनुसार मृतकको पहिचान हुन् सकेको छैन। शव सडकको छेउमा उत्तानो परेको अवस्थामा भेटिएको छ, हत्या गरिएको हो या कुन कारण मृत्यु भयो भन्ने बारे कुनै कुरा नखुलेको प्रहरीको भनाई छ। अहिले उक्त स्थानमा प्रहरीको टोलि खटिएर घटनाका सम्बन्धमा अनुसन्धान गरिरहेको छ।