होली खेल्ने क्रममा विवाद हुँदा छुरा प्रहार गरि युवकको हत्या, एक जना पक्राउ

२०८१ चैत्र २, शनिबार २१:१२
सांकेतिक तस्बिर

सर्लाही – धनुषामा होली खेल्ने क्रममा विवाद हुँदा छुरा प्रहार गरि युवकको हत्या भएको छ। जिल्लाको जनकपुरधाम उपमहानगरपालिका–२३ बिन्धी चोकमा स्थानीय १९ वर्षीय आँसु यादवको हत्या भएको हो।

जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार आज (शनिबार) होली खेल्ने क्रममा रमाइलो गरिरहँदा विवाद भएपछि स्थानीय २१ वर्षीय धर्मेन्द्र महतोले उनीमाथि छुरा प्रहार गरेका हुन्। छुरा प्रहारपछि उनको मृत्यु भएको बताईएको छ।

घटनापछि धर्मेन्द्रलाई प्रहरीले पक्राउ गरेको छ। घटनाका सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी प्रवक्ता डीएसपी वरुणबहादुर सिंहले जानकारी दिए। मधेशमा आज पनि होलि मनाईएको थियो।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार