
सर्लाही – सडक छेउमा ठुलो भाडो राखिएको छ। त्यसमा थोरै पानि र माछा छन्, अर्को पट्टि भने माछा जोख्ने ढक तराजु र केहि पोल्थिन(प्याष्टिकको ब्याग) राखिएको छ। भुईमा प्याष्टिकमा केहि माछाहरु राखिएका छन्। र त्यहि बसेर माछा बिक्रि गरिरहेका छन् उमेश माझि।
देशमा रोजगारी छैन भन्दै हजारौ युवाहरु बिदेशी रहेका बेला सर्लाहीको कोडैना गाउँपालिका फुलपरासिका उमेश माझिका दाजु-भाईले भने पुर्ख्यौली पेसा अंगाल्दै माछा बेचेरै महिनाको ३० देखि ४० हजार रुपैयाँसम्म कमाईरहेका छन्।
बिहान उठ्छन नदि खोलामा जान्छन माछा मारेर ल्याउछन र दिउँसो देखि साँझैँ सम्म सडकको छेउबाटै माछा बिक्रि गर्छन, यो उनीहरुको दैनिकी नै हो। हुलाकि सडकखण्ड अन्तर्गत जिल्लाको पश्चिमी भेगस्थित कोडैना गाउँपालिका फुलापरासिमा बसेर माछा बिक्रि गर्छन। बिहान र दिउँसो धेरै माछा बिक्रि नहुने गरेपनि साँझैसम्म बस्दा साँझपख भने माछा राम्रो बिक्रि हुने गरेको उनीहरु बताउछन।
त्यो ठाउँमा बसेर उनका दाजु-भाई नै माछा बिक्रि गरि रहेका हुन्छन। ‘यो मौसममा त माछा मार्न पनि त्यति धेरै गारो नहुने अर्थात् जाडोको समयमा अलि दुख हुने उनले बताए। ‘लगभग २५/३० बर्ष देखि नै त्यसैगरि माछा बेची रहेका उनका दाजु-भाई भन्छन ‘छोराछोरी, भाई बहिनि पढाउन देखि घर खर्च चलाएर पनि मासिक ३० हजार देखि ३५ हजार सम्म बच्ने गरेको उनीहरुले बताए। ”यस्तै छ हजुर दिनमा कमाई थोरै भएको दिन १२ सय देखि १५ सय सम्म र धेरै भए २५ सय देखि ३ हजार सम्म हुन्छ।”
माछा बेचेर उनिहरु धेरै धन कमाउन नसकेपनि तर उनिहरुको परिवारको लागि आवश्यक सबै कुरा जुटाउन पर्याप्त हुने बताउछन। उनीहरुका अनुसार यो व्यावसायिक रुपमा गरेको माछापालन नभई नदीका माछा मारेर र अरुका पोखरीका माछा खरिद गरेर बिक्रि गरेर चोख्खो गरेको कमाइ हो । माछा बेचेर गरेको कमाइले छोराछारीलाई, पढाउने खाउने, साबुनपानी, नुनतेल, सबै पुर्याएको उनिहरु बताउछन्।