बलरामा स्कार्पियोको ठक्करबाट बाटो छेउमा बसेका एक बालकको मृत्यु, दुई जना घाईते

२०८१ चैत्र ३, आईतवार ०७:४८
सांकेतिक तस्बिर

बरहथवा – सर्लाहीको पश्चिमि भेगस्थित बलरामा स्कार्पियोको ठक्करबाट बाटो छेउमा बसेका एक बालकको मृत्यु भएको छ, भने अन्य दुई जना घाईते भएका छन ।

मृत्यु हुनेमा भारतको सितामढि थाना बरगनिया जिल्ला ग्रामपन्चायत घर भइ हाल सर्लाहिको बलरा नगरपालिका – ८ मा बसि रहेका पाँच बर्षिय पृयुष कुमार साह रहेका छन ।

यस्तै, दुर्घटनामा परि बलरा नगरपालिका – ८ बालुवाभार निवासी महेश साहकी ५ बर्षिया छोरी आशिका कुमारी र सोही ठाउँ निवासी ४० बर्षिया लिला देवि घाईते भएका छन । घाईतेको उपचार जारी रहेको प्रहरिले जनाएको छ ।

प्रहरिका अनुसार शनिबार साझ हुलाकी सडकखण्ड अन्तर्गत बलरा नगरपालिका – ८, बालुवाभारमा बिआर ३० एई २४९० नम्बरको स्कार्पियो सोही ठाउँमा रोकि राखेको एउटा जिपसङ्ग ठोक्किएर अनियन्त्रित भइ सडक छेउमा बसेको उनिहरुलाई ठक्कर दिएको थियो ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार