
गोडैता – सर्लाहिमा सांढेँ दुई लाख बढी रकम ठगी गर्ने महिला पक्राउ परेकि छिन ।
पक्राउ पर्नेमा जिल्लाको लालबन्दी नगरपालिका – १७, कि ३२ बर्शिय लक्ष्मी कुमारि महतो रहेकी छिन । सिवमका दाईले उनी बिरुद्ध ठगी सम्बन्धि मुद्दामा जाहेरी दर्ता गराएपछी प्रहरिले उन्लाई शनिबार पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय सर्लाहिका अनुसार उनले जिल्लाकै हरिपुर्वा नगरापालिका – ५, का शिवम कुमार यादवलाई नेपाल प्रहरिमा जागिर लगाईदिन्छु भन्दै पटक पटक गरि २ लाख पचहत्तर हजार ठगी गरेकि हुन ।
पक्राउ परेकी उनिमाथी जिल्ला अदालत सर्लाहिबाट ५ दिनको म्याद थपेर अनुसन्धान अघि बढाईएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक सरोज राईले जानकारी दिए।