सर्लाहिको एक गेस्ट हाउसमा भारतिय युवती झुन्डिएको अवस्थामा मृत फेला

२०८१ चैत्र १३, बुधबार १८:५७
सांकेतिक तस्बिर

सर्लाही – सर्लाहिको एक गेस्ट हाउसमा भारतिय युवती झुन्डिएको अवस्थामा मृत फेला परेकी छिन ।

जिल्ला प्रहरी कार्यालय सर्लाहिका अनुसार जिल्लाको मलंगवा नगरपालिका–९ स्थित ताज गेस्ट हाउसमा भारत घर भएकी ३१ वर्षीया आरती मृत अवस्थामा भेटिएकी हुन् ।

उनी दुई दिन देखि उक्त गेस्ट हाउसमा बसेको बुझिएको छ । गेस्ट हाउसको ९ नम्बर कोठामा सलको पासो लगाएर झुन्डिएको अवस्थामा उनी फेला परेकी छन ।

घटनाका सम्बन्धमा अनुसन्धान भइरहेको सर्लाहीका एसपी रवीन्द्र सिंहले जानकारी दिए ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार