गोडैता – सर्लाहिको गोडैतामा प्रजनन स्वास्थ्य रुग्णताको एकीकृत स्क्रीनिङ तथा ब्यबस्थापनको लागि संचालित शिबिर उद्घाटन गरिएको छ ।
नगरपालिकाको वडा नम्बर ७ स्थित श्री आधारभुत स्वास्थ्य सेवा केन्द्रमा आयोजित एक समारोहकाबीच शिबिरको उद्घाटन गरिएको हो । शिबिर गोडैता नगरपालिका स्वास्थ्य शाखाको आयोजन र रिप्पल नेपाल चितवनको प्राविधिक सहयोगमा संचालन भएको हो ।

शिबिर उद्घाटन कार्यक्रममा नगरपालिकाका नगर प्रमुख देबेन्द्र यादव, उपप्रमुख अन्जना कुशवाहा, नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सम्भु यादव, स्वास्थ्य शाखा गोडैताका प्रमुख प्रमोद पण्डितलगायतको उपस्थिति रहेको थियो ।





