सर्लाही अदालतमा प्रधानन्यायाधीशको छड्के

२०८१ चैत्र १९, मंगलवार २०:२१

सर्लाही – सर्लाही जिल्ला अदालतमा प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले छड्के अनुगमन गरेका छन ।

आज (मंगलबार) दिउँसो प्रधानन्यायाधीश राउतले जिल्ला अदालतमा छड्के अनुगमन गरेका हुन । उनी सर्वसाधारणकै भेशमा अदालत परिसरमा पुगेका थिए । जस कारण सेवाग्राहीसङ्ग कुराकानी गर्न सहज भएको बताईएका थिए ।

उनले अदालत परिसरका सबै गतिविधि नियालेर भिडमा भेटिएका सेवाग्राहीसँग अनौपचारिक कुराकानी गरेका थिए । कुराकानीको क्रममा उनले सोधे, ‘तपाईंको समस्या के हो? किन अदालत आउनुभयो?’ जस्ता विभिन्न प्रश्नहरु सोधेका थिए ।

धेरै सेवाग्राहीले आफ्नो काम समयमा नभएको गुनासो गरेको उनले बताए । जितिसकेको मुद्दामा पनि फैसला कार्यान्वयन नभएको दुःखेसो पोखेका थिए ।

 

 

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार