
एसपी यादव, काठमाडौ, चैत २० गते । जनता समाजवादी पार्टी (जसपा) सम्बद्ध जनवर्गीय संगठन “समाजवादी किसान महासंघ” को केन्द्रिय समितिको प्रथम बैठक भव्यताका साथ सम्पन्न भएको छ ।
बुधबार ग्वार्कोस्थित जसपाको केन्द्रिय कार्यालयमा बसेको बैठकले महासंघको केन्द्र तथा प्रदेशस्तरीय पदाधिकारीहरुलाई सपथ ग्रहण गराएको छ । नवगठित समितिका पदाधिकारीहरूलाई औपचारिक रूपमा जिम्मेवारी हस्तान्तरण गर्दै महासंघलाई थप सशक्त बनाउने प्रतिबद्धता जनाएको छ ।
कार्यक्रमलाई सम्बोधन गर्दै जसपाका संघीय परिषद् अध्यक्ष एवं पुर्व मन्त्री राजेन्द्र प्रसाद श्रेष्ठले, किसानहरूको हक, अधिकार तथा उनीहरूको समग्र उत्थानका लागि महासंघको भूमिका महत्वपूर्ण रहने बताएका छन् । कृषिलाई आधुनिकीकरण, यान्त्रिककरण र औद्योगिककरण गर्नु आजको आवश्यकता रहेको र कृषिमा कृत्रिम बौद्धिकताको प्रयोगलाई अब नेपालमा पनि अनुसरण गर्नुपर्ने समय आएको उनले बताए ।
सम्बोधनकै क्रममा पार्टीका केन्द्रिय समितिका अध्यक्ष एवं पुर्व मन्त्री अशोक राईले भने, जनवर्गीय संगठन जनताहरुको बिचको संगठन भएकोले संगठनको उदेश्य प्राप्तिको लागि शुभकामना छ । देशमा किसानहरूको हकहित र समस्याको समाधान लागि आवाज उठाउनुका साथै कृषिलाई जिविका मुखिबाट आधुनिकीकरण र आत्मनिर्भर बनाउनु पर्नेमा उनले जोड दिए । व्यवसायीक रुपले कृषिलाई रुपान्तरण गर्ने प्रक्रिया व्यापक बढ्दै गएकोले कृषि क्षेत्रलाई सबल बनाए देशमा बेरोजगारी हट्ने उनले बताए ।
महासंघका केन्द्रिय अध्यक्ष भाग्य नारायण रायले, बैठकमा किसानहरूको वर्तमान समस्याका विषयमा छलफल गर्दै तिनको समाधानका लागि ठोस रणनीति अवलम्बन गर्ने निर्णय गरिएको छ । बैठकले आगामी दिनमा किसानका चुनौती, समस्या र तिनका समाधानका लागि ठोस योजना सहित महासंघ अघि बढ्नेछ । आफ्नो अध्यक्षतामा महासंघले किसानका अधिकार र कृषि नीति सुधारका मुद्दामा सशक्त रूपमा आवाज उठाउने र अघि बढ्ने उनले ठोकुवा गरे । किसान आन्दोलनलाई थप सशक्त बनाउन महासंघको योगदान महत्वपूर्ण हुने विश्वास व्यक्त गर्दै उनले भने, महासंघको भावी कार्ययोजना निर्माणका लागि बैठकमा विभिन्न प्रस्तावहरू समेत पेश गरिएको छ ।
बैठकले भूमि आयोगका प्रतिनिधिहरुलाई सम्मान समेत गरेको छ ।
समाजवादी किसान महासंघका केन्द्रिय अध्यक्ष भाग्य नारायण रायको अध्यक्षतामा बसेको बैठकको प्रमुख अतिथिका रुपमा पार्टीका संघीय परिषद् अध्यक्ष एवं पुर्व मन्त्री राजेन्द्र प्रसाद श्रेष्ठ रहेका थिए । भने विशिष्ट अतिथिका रुपमा पार्टीका केन्द्रिय समितिका अध्यक्ष एवं पुर्व मन्त्री अशोक राई रहेका थिए । त्यसै गरी अतिथिका रुपमा पार्टीका मधेस प्रदेश अध्यक्ष अशोक कुमार यादव लगायत कार्यक्रममा जिल्ला, प्रदेश र केन्द्रिय तहका नेता तथा कार्यकर्ताहरुको उपस्तिथि रहेको थियो ।
कार्यक्रममा स्वागत मन्तव्य राजेश्वरी शर्माले राखेका थिए । भने उद्घोषण ओम कृष्ण श्रेष्ठले गरेका थिए ।