सर्लाहिमा प्रहरिको ईन्सपेक्टर हु भन्दै धम्काउने युवक लागू औषधसहित पक्राउ

२०८१ चैत्र २१, बिहीबार ०६:११

सर्लाही – सर्लाहिमा प्रहरिको ईन्सपेक्टर हु भन्दै धम्काउने एक युवक पक्राउ परेका छन । पक्राउ पर्नेमा जिल्लाको हरिवन नगरपालिका – ६ का अनुक्रम पोख्रेल रहेका छन ।

जिल्ला प्रहरी कार्यालय सर्लाहिका अनुसार उनले जिल्ला सदरमुकाम मलङ्गवा नगरपालिका – १०, स्थित साहरा गेस्ट हाउसमा आफू नेपाल प्रहरिको ईन्सपेक्टर हु भन्दै होटेल संचालकलाई धम्क्याएका थिए ।

उक्त सूचना प्रहरी कहाँ पुगेपछी उनलाई पक्राउ गरिएको हो । प्रहरिका अनुसार उनी नेपाल प्रहरीको ईन्सपेक्टर नभएको पाईएको छ ।

साथै, उनलाई खानतलासी गर्दा उनको साथबाट प्रतिबन्धित लागू औषध स्पास्मो १ पत्तामा ८ वटा ट्याब्लेट गरि ३ पत्तामा २४ ट्याब्लेट बरामद भएको छ । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहिले जनाएको छ ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार