
सर्लाही – आउँदो २५ गते स्वास्थ्यकर्मीहरुले मधेस सरकारको मुख्यमन्त्री कार्यालय अघि अनिश्चितकालीन धर्ना दिने भएका छन । आज सर्लाहिको धनकौल गाउँपालिकामा सि.अ.हे.व. – सि.अ.न.मि. चौथो/पाचौं नगर स्तरिय सङ्घर्ष समितिले एक जानकारी पत्र बुझाएको छ ।
धनकौल गाउँपालिका भित्रका स्वास्थ्यकर्मीहरुले बुझाएको उक्त जानकारी पत्रमा `आगामी चैत २५ गते धर्ना कार्यक्रममा सहभागी हुनुपर्ने स्थिती आएमा हामी आ-आफ्नो कार्यालयको सेवा प्रवाहमा असर नपर्ने गरि उक्त धर्ना कार्यक्रममा सहभागी हुने छौ ।´ लेखिएको छ ।
यसघी जिल्लाका २० वटै पालिकामा कार्यरत स्वास्थ्य सेवाका कर्मचारीहरूले सेवा शर्त, समायोजन, तथा अन्य अधिकार सुनिश्चित गर्न पहल गरिदिन प्रमुख जिल्ला अधिकारीसमक्ष ज्ञापन पत्र बुझाएका थिए ।
मधेश प्रदेशका ८ वटै जिल्लाका सि.अ.हे.ब. र सि.अ.न.मि. स्वास्थ्य कर्मचारीहरू एकजुट भई प्रदेशस्तरीय संघर्ष समिति गठन गरी प्रदेश लोक सेवा आयोग जनकपुर, मधेश प्रदेश गृह मन्त्रालय, तथा मुख्यमन्त्री कार्यालय मा पनि पत्र बुझाइसकेका छन्।
मधेश प्रदेशका स्वास्थ्यकर्मीहरूले आफ्ना मागहरू तत्काल सम्बोधन गर्न जिल्ला प्रशासन कार्यालयमार्फत प्रदेश सरकारलाई ज्ञापनपत्र बुझाएका छन् ।