जाजरकोट केन्द्रबिन्दु भएर लगातार दुई भूकम्प

२०८१ चैत्र २२, शुक्रबार २१:०४
सांकेतिक तस्बिर

जाजरकोट – जाजरकोट केन्द्रबिन्दु भएर लगातार दुई भूकम्प गएको छ । रास्ट्रीय भूकम्प मापन केन्द्रका अनुसार आज साझ ८ बजेर १० मिनेटमा ५.२ म्याग्नेच्युडको र सोही समयमा अर्को ५.५ म्याग्नेच्युडको भूकम्प गएको हो ।

अघिल्लो भूकम्प जाजरकोटको गर्खाकोट केन्द्रबिन्दु भएर गएको हो भने अर्को भूकम्प पनि जाजरकोट केन्द्रबिन्दु भएर गएको हो ।

भूकम्पको धक्का जाजरकोटसहित पश्चिम् नेपालका विभिन्न ठाउँमा महसुस गरिएको छ । भूकम्पको धक्का पछि जाजरकोटका प्राय मनिस घर बाहिर निक्लिएका छन ।

जाजरकोटका प्रमुख जिल्ला अधिकारी मेखबहादुर मंग्रातीका अनुसार `भूकम्पपछि हालसम्म मानवीय क्ष्यतिका घटनाहरु नआएको तथा केही घरहरु चर्किएको खबर प्राप्त भएको छ ।´ भूकम्पको क्ष्यतिबारे बुझ्न सुरक्षाकर्मी खटाईएको छ ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार