
सर्लाही – सर्लाही क्षेत्र नं. १ का पूर्व सांसद प्रमोद साह नेकपा माओवादी केन्द्रको केन्द्रीय सदस्यमा मनोनित भएका छन् ।
उनलाई माओवादीका अध्यक्ष पुुष्पकमल दाहाल ‘प्रचण्ड’ र महासचिव देव गुरुङले आज हस्ताक्षर गरेर पार्टीको केन्द्रीय सदस्यको जिम्मेवारी दिएका हुन ।
उनले गत फागुन २३ गते जनता समाजवादी पार्टी (जसपा) त्यागेर नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका थिए ।