
सर्लाही – सर्लाहिको ईश्वरपुरस्थित बयलबास बजारमा नेपाल कम्युनिस्ट पार्टि (माओवादी केन्द्र) को नयाँ बर्षको शुभकामना आदान प्रदान तथा पार्टी प्रवेश कार्यक्रम सम्पन्न भएको छ । आज शनिबार नेकपा माओवादी केन्द्र क्षेत्र न. १ समन्वय समिती सर्लाहिको आयोजनामा कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा नेताहरुले नयाँ वर्ष २०८२ को शुभकामना आदान प्रदान गर्दै सामाजिक एकता, सहकार्य र समृद्धिको सन्देश दिनुभयो। कार्यक्रममा विभिन्न पार्टी त्याग गरेर करिव ३ सय जनाले माओवादी केन्द्रमा प्रवेश गरेका थिए । स्थानीय बासिन्दा तथा विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको कार्यक्रममा सांस्कृतिक प्रस्तुतिहरूले समेत माहोल उत्सवमय बनाएको थियो।
कार्यक्रममा नेपाल सरकारका पूर्व मन्त्री तथा वरिष्ठ नेता मातृका प्रसाद यादव, पूर्वमन्त्री भरत साह, पूर्व सांसद प्रमोद साह नेकपा (माओवादी केन्द्र) सर्लाहीका जिल्ला इन्चार्ज अच्युतम काफ्ले, बलरा नगरपालिकाका प्रमुख रामाशंकर कुशवाहालगायतको उपस्तिथि रहेको थियो ।