सर्लाही – सर्लाहीमा झण्डै साँढे दुई क्विन्टल गाँजासहित एक युवक पक्राउ परेका छन्। पक्राउ पर्नेमा जिल्लाको लालबन्दी नगरपालिका–१, नवलपुरका २५ वर्षीय सुशील चौधरी रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार गएराती सिन्धुलीको मरिणबाट लालबन्दीतर्फ आउँदै गरेको बा. २० च १७८२ नम्बरको पिकअप गाडी रोकेर चेकजाँच गर्ने क्रममा २४४ केजी २०० ग्राम गाँजासहित उनलाई पक्राउ गरिएको हो।

उक्त गाँजा, पक्राउ परेका चालक र गाडीलाई नियन्त्रणमा लिएर घटनाका सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहिले जनाएको छ।





