
सर्लाही – मधेस प्रदेशका पूर्वप्रदेशप्रमुख राजेश झा अहिराज विरुद्व बलात्कार मुद्दामा काठमाडौं जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेपछि फरार भएका छन्।
उनीविरूद्ध २५ वर्षकी महिलाले बलात्कार आरोप लगाउँदै जाहेरी दिएकी थिइन्। त्यसबारेमा थप अनुसन्धानका लागि महिला सेलले पक्राउ पुर्जी लिएको काठमाडौं प्रहरी परिसरले जनाएको छ।
उनको खोजी र घटनाबारे अनुसन्धान भइरहेको काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी अपिलराज बोहराले जानकारी दिए। उनि २०७७ फागुन ७ देखि २०७८ साउन ३२ सम्म मधेस प्रदेश प्रमुख थिए।