सर्लाही – सर्लाहीमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ। मृत्यु हुनेमा जिल्लाकै कविलासी नगरपालिका – ७, गैरका ३० वर्षीय इन्द्रजित महरा रहेका छन्।
प्रहरीका अनुसार बिहीबार राति मोटरसाइकलले ठक्कर दिँदा गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा शुक्रबार बिहान मृत्यु भएको हो।

दुर्घटनापछि मोटरसाईकल चालक फरार भएको र हालसम्म मोटरसाईकल नम्बरसमेत नखुलेको र फरार मोटरसाइकल र चालकको खोजि भईरहेको प्रहरीले जनाएको छ।





