सर्लाही – कक्षा १२ को परीक्षा स्थगित भएको भन्दै सामाजिक संजालमा एउटा सूचना प्रेसित भइरहेको छ।
राष्ट्रिय परीक्षा बोर्डको लेटरहेडमा रहेकाे कक्षा १२ को परीक्षा स्थगित भन्दै सूचना आएको छ। ११ वैशाखदेखि सुरु हुने भनिएको कक्षा १२ को परीक्षा स्थगित भएको भन्दै सामाजिक संजालमा एउटा सूचना प्रेसित भइरहेको छ।

तर उक्त सूचना बोर्डको नभएको बताइएकाे छ। राष्ट्रिय परीक्षा बोर्डका सूचना अधिकारी नारायाण पोख्रेलले उक्त सूचना बोर्डले ननिकालेको जानकारी दिए। – नागरिक दैनिक






