सर्लाही – बारामा कार र टिपर ठोक्किँदा सर्लाहीका एक सहित दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा सर्लाही बरहथवा बस्ने हरिनारायण शर्मा र कार चालक रहेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार मृतक कार चालकको परिचय खुलेको छैन। आज दिउँसो निजगढ –कलैया सडक खण्डमा पश्चिमतर्फ आउँदै गरेको बागमती प्रदेशको ०१–०२५– ख ५०७८ं६ र पूर्वतर्फ जाँदै गरेको मधेस प्रदेशको २–०३–००१– ख ०६०७ नम्बरको टिपर एक आपसमा ठोक्किँदा दुर्घटना भएको हो।

घटनाका सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।





